आइपिएल : दिल्ली क्यापिटर्स बिरुद्ध कोलकाता नाइट राइडर्स तीन विकेटले विजयी

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले पाँँचौं जित निकालेको छ । मंगलबार भएको खेलमा कोलकाताले दिल्ली क्यापिटर्सलाई तीन विकेटले हरायो ।

सारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्ली २० ओभरमा नौ विकेट गुमाउँदै एक सय २७ रन मात्र बनाउन सक्यो ।

उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेन । जसमा स्टिभ स्मिथले ३९ रन बनाउँदा शिखर धवनले २४ तथा कप्तान रिसब पन्तले ३९ रनको योगदान गरे । बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए ।

८८ रनमा चार विकेट गुमाएको दिल्लीले त्यसपछि ३९ रन हुँदा पाँच विकेट खेर फाल्यो ।

दिल्लीलाई कम स्कोरमा रोक्न सुनील नरान, बैंकटेस ऐयर र लोकी फर्गुसनले दुई दुई विकेट लिए ।

जवाफमा कोलकाताले १८ ओभर दुई बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गरे ।

उसको जितमा नितेश रानाले ३६ रन बनाए भने शुभंम गिलले ३० तथा सुनील नरायनले २१ रनको योगदान गरे । यस्तै बैंकटेस ऐयरले १४ रनको पारी खेले ।

जितसँगै कोलकाताले ११ खेलमा १० अंक बनाएको छ । दोस्रो स्थानको दिल्लीको १० खेलमा ८ जितका साथ १६ अंक छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest