पाेखराले टस जितेर बलिङ गर्ने

एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियोट्स र पोखरा राइनोज विचको खेल सात ओभरमा झारिने भएको छ ।

बर्षाका कारण मैदानको आउटफिल्डर गिलो भएपछि निर्धारीत समय भन्दा करिव साँढे दुई घण्टा भन्दा बढिको समय ढिलो भएको खेल सात ओभरमा झारिने भएको छ ।

जसमा पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

बर्षाका कारण इपीएलमा मंगलबारका दुबै खेल स्थगित भएका थिए । जसमा आयोजकले ती खेलको नयाँ तालिका बनाएको छ ।

कीर्तिपुर मैदानमा ड्रेनेजको ब्यवस्था नहुँदा भारी बर्षा भएको खण्डमा पानी जम्ने हुँदा यसपटक त्यसको असर इपीएलमा परेको छ ।

यसअघिको खेलमा ललितपुर काठमाडौंसँग पराजित भएको थियो भने पोखराले भैरहवा ग्लाडियटर्ससँग अंक बाढेको थियो । त्यो खेलपनि बर्षाका कारण बिथोलिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest