बिराटनगर वारियर्सकाे लगातार दाेस्राे हार

भैरहवा ग्लेडियटर्स, विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

किर्तिपुर स्थित टियु मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगर खराब प्रदर्शन गर्दै १७ ओभर ४ वलमा ८९ रनमा अल आउट भयो । भैरहवाका वलर सामु विराटनगरका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

ओेपनर चन्द्रपल हेमराज शुन्यमा आउट भएसंगै दवावमा आएको विराटनगरको पारी त्यसपछि सम्हालिन सकेन् । आशिफ शेख ११, अनिल शाह ११ र दिल्सन मुनावेरा २५ रनमा मैदान बाहिरिए । सुमित महर्जनले १३ र बसन्त रेग्मीले १० रन जोडेका थिए ।

शिकन्दर राजा ५ रनमा पवेलियन फर्किदा कप्तान करण केसी  गोल्डेन डक आउट भएका थिए । धाम्मिका प्रसाद र आरिफ शेखले ३–३ विकेट लिए । अभिनाष बोहराले २, दुर्गेश गुप्ता र कृष्ण कार्कीले एक एक विकेट बाडे ।

जवाफमा भैरहवाले १५ ओभर ३ वलमा ४ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । भैरहवाको सहज जीतमा उपुल थरंगाले अविजीत ३४ रनको योगदान गरे । प्रदिप ऐरीले १२, ततिम इकवाल र रोहित पौडेलले १२–१२ रन बनाए । रामनरेश गिरीले दुइ विकेट लिए । बसन्त रेग्मी र करणको नाममा एक एक विकेट रह्यो ।

जीतपछि भैरहवाले दुइ खेलबाट तीन अंक जोडेको छ । यसअघि भैरहवाले वर्षाका कारण खेल रद्ध भएपछि पोखरा राइनोज संग अंक बाडेको थियो ।  दोस्रो स्थानमा रहेको पोखराको पनि समान तीन अंकनै छ ।

तर भैरहवा रन रेटका आधारमा शीर्ष स्थानमा रहेको हो । विराटनगरको भने यो लगातार दोस्रो हार हो । इपिएलमा भोली पहिलो खेल चितवन टाइगर्स र काठमान्डौ किंस इलाभेन तथा दोस्रो खेल भैरहवा र ललितपुर पेट्रियटर्स बीच हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest