क्यानका सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजाबाबु श्रेष्ठकाे राजिनामा

क्यानका सचिव अशोकनाथ प्याकुरेलले सचिवबाट राजिनामा दिएका छन । साथै उपाध्यक्ष राजाबाबु श्रेष्ठले पनि प्याकुरेलसँगै सबैलाई राजिनामा दिएका छन ।

करिव चार दशकदेखि क्यानमा विभिन्न पदमा रहेर काम गरेका अशोकनाथले अचानक पदबाट राजिनामा दिने निर्णय गरेका हुन ।

उनले क्यानमा आफ्नो योजना र मिसन पुरा भएको, अहिले क्यान पुर्ण रुपमा काम गर्न पाउने भएको र अब यो संघलाई नयाँ तरिकाले अगाडी बढाउनुपर्छ भन्दै राजिनामा दिएको बताए ।

यसका साथै क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठले पनि प्याकुरेलसंगै राजिनामा दिएका हुन । उनीपनि क्यानमा लामो समयदेखि काम गर्दै आएका थिए । क्यानको नयाँ कार्यसमिती आएको दुई बर्ष पुरा भएको एक दिनपछि नै सचिव र उपाध्यक्षले राजिनामा दिएका हुन ।

उनले आइसीसीबाट बजेट आउने क्रम सुरु भएपछि नै राजिनामा दिने सोच आएको भएपनि तर अब अहिले आफ्नो सबै योजना र मिसन पुरा भएको भन्दै क्रिकेटबाट टाढा हुने निर्णय गरेको बताए ।

साथै उनीहरुले यो नितान्त ब्यक्तिगत निर्णय भएको र यो कुरा अहिले क्यानलाई जानकारी नभएको बताए । प्याकुरेलले अब क्यान नयाँ ढंगले अगाडी बढोस भन्ने चाहेको र त्यसका लागि बाटोपनि खुल्ला गरेको बताए ।

क्यानमा धेरै समस्याहरु आएको र चरणबद्ध रुपमा सबैलाई निर्कोल्दै अहिलेको अवस्थामा आएको र क्यानलाई बलियो बनाउने अभियान थियो, त्यो पुरा भएको जस्तो लागेर छोडेको बताए । उनले विचमा नै राजिनामा दिएर भाग्न खोजेको त होइन भन्ने प्रश्नको प्रतिबाद गरे ।

उनले क्यानमा आफ्नो योजना पुरा भएको र अब टास्सिएर बस्न उचित नभएको भन्दै राजिनामा दिएको बताए ।

सचिवको राजिनामाको आधिकारीक जानकारी क्यानमा नपुगेको अध्यक्ष चतुरबहादुर चन्दले बताए । उनले अचानक राजिनामाको कारण के हो भन्नेमा उनैलाई नै सोध्न बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest