एभेरष्ट प्रिमियर लिगमा चितवनले काठमाडौं किंग्स–११ लाई पराजित गर्दै दोस्रो जित निकालेको छ । चितवन टाइगर्स इपीएल तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै भेट्टाएको थियो ।
चितवनका लागि कमल सिंह ऐरीले २३ रनको अविजित पारि खेल्दा राजेश पुलामीले सर्वाधिक २६ रनको योगदान दिए ।
चितवन टाइगर्सका लागि दिलीप नाथले २३ र करिम जनत तथा मोहम्मद सहजादले समान २१ बनाए ।
चितवनका लागि कप्तान सोमपाल कामी शुन्य रानमा आउट भए भने भीम सार्कीले ६ रन बनाउँदा सेकगे प्रसन्नले ५ र इशान पाण्डेले ४ रन बनाए।
काठमाडौं किंग्स -११ का रायन बर्ल र जितेन्द्र मुखियाले २/२ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र गुल्शन झाले १/१ विकेट लिए ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै चितवनसामु एक सय ४१ रनको लक्ष्य दिएको थियो । ।
काठमाडौंका लागि सुवास खकुरेलले ३५ रन बनाए भने राजु रिजालले २८ रनको योगदान गरे । यस्तै जनक प्रकाशले २६ रन बनाए ।
उसका रहमानुल्लाह गुरबाजले ५ रन बनाए भने अमित श्रेष्ठ ६ रनमा आउट भए । यस्तै रायन बर्लले खाता खोल्न नसक्दा गुल्शन झाले चार रन बनाए ।
बलिङमा सागर ढकालले चार विकेट लिए भने करिम जनतले दुई विकेट लिए । कमल ऐरी र सेकुगे प्रसन्नले पनि एक एक विकेट लिन सफल भएका थिए ।