भैरहवा र ललितपुरले अंक बाँडे

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल क्रिकेटमा भैरहवा र ललितपुर प्याट्रियोट्सले अंक बाँडेका छन् ।

दुवै टिमले समान १७७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । तर, खराब प्रकाशका कारण सुपर ओभरको खेल हुन नसकेपछि दुवै टिमले एक एक अंक लिएका छन् । योसँगै ललितपुर पहिलो अंक जोडेको छ भने भैरहवाले तालिकामा चार अंक बनाएको छ ।

भैरहवा चार अंकसहित तालिको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

अन्तिम ओभरमा १८ रन आवश्यक परेका बेला भैरहवाका लागि कुशल मल्लले लगातार दुई बलमा चार रन बनाए । तेस्रो बलमा क्याच आउट भएपछि थरंगा क्रिजमा आएको थिए । उनले चौथो बलमा छक्का प्रहार गरे ।

पाँचौं बलमा एक रन बनाएपछि क्रिजमा आएका कप्तान शरद भेषावकरले छक्का प्रहार गरेपछि भैरहवाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७७ रन भएको थियो । त्यसपछि खेल सुपर ओभरमा गएको थियो । तर प्रकाशका कारण खेल हुन सकेन ।

भैरहवाका लागि थरंगाले नटआट ६७ रन बनाउँदा कुशल मल्ले ३५ रनको योगदान गरे । यसैगरी आरिफ शेखले २८ रन जोड्दा तमिम इक्बालले १४ रन बनाए । कप्तान भेषावकरले छक्का प्रहार गर्दै खेल बाराबरी गरेका थिए ।

ललितपुरका लागि रसिद खानले ३ तथा रिजन ढकालले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर प्याट्रिओट्सले २० ओभरमा ७ विकेट गुमाउँदै भैरहवाविरुद्ध १७७ रन बनाएको थियो ।

ललितपुर प्याट्रिओट्सका लागि सन्दुन विराकोडीले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेल्दा अज्मुतुल्लाह ओमारजाईले ४२ रनको योगदान दिए ।

उसका लागि सन्दीप जोराले ३८ रन तथा ओशाड फर्नान्डोले २० रन बनाए ।

भैरहवाका लागि अविनाश बोहराले २ विकेट लिँदा कृष्ण कार्की, धम्मिका प्रसाद, र आरिफ शेखले समान १÷१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest