ललितपुरले विराटनगरलाई दियो २२७ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा लतिपुर प्याट्रियोट्सले विराटनगर वारियर्सलाई विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ५ विकेट गुमाएर २२६ रन बनाएपछि विराटनगरले २२७ रनको लक्ष्य पाएको हो ।

ललितपुरका लागि सान्दुन विराक्कोडी र अज्मतुल्लाह ओजराजीको उत्कृष्ट अर्धशतकको मद्दतले विराटनगरलाई ठूलो लक्ष्य दिन सफल भयो ।

आजको खेलमा सान्दुन र कप्तान कुशल भुर्तेलले ओपनिङ गरेको थिए । पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै ललितपुरले मजबुत शुरुवात गरेको थियो । भुर्तेल ३२ रन बनाएर आउट भएका थिए । उनले १७ बल फेस गर्दा दुई छक्का र चार चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका योगेन्द्रसिंह कार्की र विराक्कोडीले ललितपुरको स्कोर १०० प्लस बनाएका थिए । १११ रन भएका बेला कार्काी १८ बलमा ३ छक्का र एक चौकाको मद्दतले २७ रन बनाएर आउट भए ।

१२० रन भएका बेला पवन शर्राफ भने २ रन बनाएर आउट भए । १४.२ ओभरमा ललितपुरले चौथो विकेट गुमाएको थियो । त्यतिबेला उत्कृष्ट अर्धशतक प्रहार गरेका विराक्कोडी ७३ रन बनाएर पभेलियन फर्किए । उनले ४३ बल फेस गर्दा ३ छक्का र १० चौका प्रहार गरे ।अज्मतुल्लाह ओमराजीले अर्धशतक प्रहार गरेका थिए ।

उनले २४ बलमा ५८ रनको पारि खेले । उनले ७ छक्का प्रहार गरे । जय किशन कोल्सावाल १३ रनमा पभेलियन पर्किदा ललितपुर १९ औं ओभरमा २०० रन बनाएको थियो । यसैगरी नारायण जोसीले ४ बलमा ३ छक्काको मद्दतले १८ रन बनाए । विराटनगरका लागि करण केसीले २ विकेट लिँदा सिकन्दर राजा, प्रतिस जिसी र दिल्सन मुनवेराले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest