इपीएल: ललितपुर प्याट्रियोट्स ३७ रनले बिजयी

एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलमा ललितपुर प्याट्रियोट्सले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ । योसँगै डिफेन्डिङ च्याम्पियन ललितपुरले स्पष्ट २ अंक जोड्दै तालिकामा ३ अंक बनाएको छ ।

२२७ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८९ रन मात्रै बनाउन सक्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विशाल लक्ष्य पछ्याउने क्रममा शुरुवात भने मध्यम गरेको थियो । पहिलो विकेटका लागि चन्द्र पौल हेमराज र आशिफ शेखले ५० रनको साझेदारी गरेका थिए । हेमराज १३ बलमा २८ रन बनाएर आउट भएका थिए । उनले एक छक्का र चार चौका प्रहार गरे । यसैगरी दिल्सन मुनवेरा क्रिजमा आएपछि विराटनगरले राम्रो प्रदर्शन गरेको थियो । १०५ रन भएका बेला आशिफ शेख आउट भएपछि विराटनगरले दोस्रो विकेट गुमाएको थियो । आशिफ ३० बलमा ६ चौकाको मद्दतले ३७ रन बनाएर पभेलियन फर्किएका थिए ।

१५० रन भएका बेला सिकन्दर राजा १२ बलमा २४ रन जोड्दै आउट भएपछि तेस्रो विकेट गुमाएको थियो । लगत्तै अर्धशतकीय पारि खेलेको दिल्सन व्यक्तिगत ५९ रन बनाएर पभेलियन फर्किएपछि विराटनगरको हातबाट जित टाढा हुँदै गएको थियो । दिल्सनले ३९ बल फेस गर्दा चार छक्का र ५ चौका प्रहार गरे ।

विग हिट गर्ने क्रममा विराटनगरका कप्तान करण केसी आउट भएपछि पारि धरमराएको थियो । करण ४ रनमा आउट भए । सौरभ खनालले खाता खोल्न सकेनन् भने अनिल साह रनआउट भएका थिए । अनिलले ८ रन मात्रै जाड्न सकेन । यसैगरी सुमित महर्जन २ रनमा पभेलियन फर्किदा बसन्त रेग्मी ९ तथा प्रतिस जिसी ४ रनमा नटआउट रहे । ललितपुरका लागि अज्मतुल्लाह ओमराजीले ४ विकेट लिँदा ललित राजबंशीले २ तथा योगेन्द्र सिंह कार्कीको नाममा एक विकेट रह्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ५ विकेट गुमाएर २२६ रन बनाएको थियो । ललितपुरका लागि सान्दुन विराक्कोडी र अज्मतुल्लाह ओजराजीको उत्कृष्ट अर्धशतकको मद्दतले विराटनगरलाई ठूलो लक्ष्य दिन सफल भएको थियो ।

आजको खेलमा सान्दुन र कप्तान कुशल भुर्तेलले ओपनिङ गरेको थिए । पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै ललितपुरले मजबुत शुरुवात गरेको थियो ।

छैटौं ओभरमा भुर्तेल ३२ रन बनाएर आउट भएका थिए । उनले १७ बल फेस गर्दा दुई छक्का र चार चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका योगेन्द्रसिंह कार्की र विराक्कोडीले ललितपुरको स्कोर १०० प्लस बनाएका थिए । १११ रन भएका बेला कार्काी १८ बलमा ३ छक्का र एक चौकाको मद्दतले २७ रन बनाएर आउट भए ।

१२० रन भएका बेला पवन शर्राफ भने २ रन बनाएर आउट भए । १४.२ ओभरमा ललितपुरले चौथो विकेट गुमाएको थियो । त्यतिबेला उत्कृष्ट अर्धशतक प्रहार गरेका विराक्कोडी ७३ रन बनाएर पभेलियन फर्किए । उनले ४३ बल फेस गर्दा ३ छक्का र १० चौका प्रहार गरे । अज्मतुल्लाह ओमराजीले अर्धशतक प्रहार गरेका थिए ।

उनले २४ बलमा५८ रनको पारि खेले । उनले ७ छक्का प्रहार गरे । जय किशन कोल्सावाल १३ रनमा पभेलियन पर्किदा ललितपुर १९ औं ओभरमा २०० रन बनाएको थियो । यसैगरी नारायण जोसीले ४ बलमा ३ छक्काको मद्दतले १८ रन बनाए ।

विराटनगरका लागि करण केसीले २ विकेट लिँदा सिकन्दर राजा, प्रतिस जिसी र दिल्सन मुनवेराले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest