काठमाडौं किंग्स ११ लाई हराउदै भैरहवा ग्लाडियर्टस इपीएलको दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौं किंग्स इलाभेनलाई १६ रनले पराजित गर्दै भैरहवा ग्लाडियर्टस एभरेष्ट प्रिमियर लिग (इपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भैरहवाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको काठमाडौले निधारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन मात्र बनाउन सक्यो ।

भैरहवाको जितमा शरद भेषावकरले सर्वाधिक ४९ रन बनाए । उनले २० बलको सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै प्रदीप ऐरीले ३९ रन जोडे । २७ बलको सामना गरेका प्रदीपले ६ चौका र १ छक्का हाने । उपुल थरङ्गाले ३३ बलको पारीमा ३५ रनको योग्दान दिए जस्मा ५ चौका सामिल थियो ।

ओमान टुरमा असफल रहेका कुशल मल्लको आज पनि ब्याटिङ चल्यो । उनले २० बलमा ४ छक्का मदतमा ३२ रन जोडे । कुशलले पाँचौ विकेटका लागि कप्तान शरद भेषावकरसँग मिलेर ६१ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ काठमाडौंका सन्दीप लामिछाने र असान प्रियञ्जनले २-२ विकेट लिए। शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १-१ विकेट झारे ।

जवाफमा भैरहवाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको काठमाडौले निधारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन मात्र बनाउन सक्यो।

काठमाडौंका ओपनर असान प्रियञ्जनले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ४८ बलको सामना गर्दै ५ चौका र ४ छक्का प्रहार गरे तर टिमलाई जित दिलाउन सकेनन । सिङापुरका खेलाडी जनक प्रकाशले २८ र अमित श्रेष्ठले १९ को योग्दान दिए ।

भैरहवाका लागि धम्मिका प्रसाद, कुशल मल्ल र आरिफ शेखले समान २ विकेट झारे भने दुर्गेश गुप्ताले एक विकेट लिए।

भैरहवाले अब फाइलनमा स्थान बनाउनका लागि बिहीबार पोखरा राइनोजसँग खेल्नेछ। यस अघी पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित हुँदै पोखरा राइनोज दोस्रो क्वालिफायर खेल्न लागेको हो।

भैरहवाले पोखरालाई पराजित गरे फाइनलमा स्थान बनाउने छ। दोस्रो क्वालिफायर खेल बिहीबार दिउँसो सवा १२ बजे हुनेछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest