क्यानले मुख्य प्रशिक्षकका लागि १५ दिनको समय सिमा राखि आवेदन माग गर्ने

नेपाल क्रिकेट संघ (क्यान) को असोज २० र २१ गते बसेको केन्द्रिय कार्यसमितिको बैठकले राष्ट्रिय क्रिकेट टिमको रिक्त रहेको मुख्य प्रशिक्षक पदपुर्तिका लागि १५ दिनको समय सिमा राखि आवेदन माग गर्ने निर्णय गरेको छ ।

तत्कालिन प्रशिक्षक डेभ ह्वाटमोरले ओमान भ्रमण पछी पदबाट राजिनामा दिएका थिए ।

काठमाडौंमा सम्पन्न बैठकले कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ललाई दिएको छ। पूर्व क्यान सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले गत साता पदबाट राजिनामा घोषणा गरेका थिए ।

क्यानले बिधान बमोजिम प्रदेश मातहत न्युनतम ४ जिल्ला हुनुपर्ने भएकाले कर्णाली प्रदेशका कालिकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई मान्यता प्रदान गरेको छ। यस्तै बैठकले क्यानको वाार्षिक साधारण सभा मंसिर २९ गते गर्ने निर्णय गरेको छ ।

भारतिय कम्पनी सेभेन थ्री स्पोर्टस्सँगको सहकार्यमा क्यानले नेपाल टि-२० लिग आयोजना गर्ने गरी सम्झौता गरे पनि हाल सम्म नेपाल सरकारले अनुमती प्रदान नगरेको र सो कम्पनीले अनुमती पूर्व गर्नु पर्ने सम्झौता सम्पन्न गर्न नसकेको हुँदा सम्झौता रद्द गर्ने गरी प्रक्रिया अघि बढाउने भएको छ ।

नोभेम्बरमा युएईमा हुने आइसीसी महिला टि-२० विश्वकप एशियाली छनोटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण अक्टोबर २० देखि बन्द प्रशिक्षण सन्चालन निर्णय गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest