ईपीएल फाइनल: पोखरा राइनोज र चितवन टाइगर्स बिच प्रतिस्पर्धा आज

गत बिहीवारको दोस्रो क्वालिफायर्समा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटलाई हराउदै पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गर्‍यो ।

पहिलो क्वालिफायर्समा पोखरा राइनोजले खराब प्रदर्शन गर्दै चितवन टाइगर्स सँग लज्जास्पद ९ विकेटको पराजय भोगेको थियो । अघिल्लो चार खेल हेर्ने हो भने पोखरा माथी चितवन हावी भएको देखिन्छ । जसमा चितवनको ३ जित र पोखराको १ जित समाबेस छ । पोखरा राइनोजले चितवन माथी सन २०१७ मा १० विकेटको जित हात पारेको थियो । ११४ रन पछ्याएको पोखराले १७.४ ओवरमा बिना कुनै क्षति १० विकेट ले जितेको थियो ।

चौथो संस्कारणमा चितवनले पोखरा राइनोज बिरुद्ध दुबै खेलमा ९ विकेटले दर्ता गरेको थियो ।

ब्याटिङमा दुबै टिमको प्रदर्शन
चितवन टाइगर्सका मोहम्मद साहजदले छ खेलमा १९६ रन जोड्दै यो सिजन धेरै रन बनाउने सुचीमा पहिलो स्थानमा रहेका छन । यता पोखरा राइनोजका रिचार्ड लेभीको ७ खेल बाट १५५ रन निस्केको छ र उनि चौथो स्थानमा छ । यस्तै सहन अर्चाचिगे १४३ रन बनाएर छैठौ स्थानमा छन भने पोखराका भिम शार्की (१३३) र बिबेक यादव (११२) आठौ र दसौ स्थानमा रहेका छन ।

राष्ट्रिय टिमका सदस्य तथा पोखरा राइनोजका क्याप्टेन बिनोद भण्डारीको ब्याट भने यो सिजन चलेको छैन । कुल ७ खेलमा जम्मा २५ रन जोडेका छन । दुइ खेलमा त उनि डक आउट पनि भएका थिए ।

पोखराका लागि अर्को समस्या भनेको ओपनिङ ब्याटिङ रहेको छ । उनका एक ओपनर रित गौतम पनि पुरै फ्लप रहेका छन । कुन ५ खेलमा जम्मा २७ जोड्दै रित यो सिजन पोखराका लागि राम्रो सुरुवात दिन सकेका छैनन ।

बलिङमा दुबै टिमको प्रदर्शन
बलिङ तर्फ चितवन टाइगर्सका सागर ढकाल सर्वाधिक विकेट लिने सुची मा पहिलो स्थान मा रहेका छ । यो सिजन उनले कुल छ खेल बाट १३ विकेट बटुलेका छन । काठमाडौं किङ्स ११ र पोखरा राइनोज बिरुद्ध उनले ४-४ विकेट पनि हात पारेका थिए । चितवन टाइगर्सका करिम जनतको ६ खेल बाट ९ विकेट लिदै दोस्रो स्थानमा छन ।

चितवन टाइगर्सका अर्का स्पिन्नर शाहब आलम र तिब्र गतिका कमल सिंह ऐरी पनि लयमा देखिन्छन । आलमले ५ खेल र ऐरीले ६ खेल बाट समान ८ विकेट लिएका छन ।

चितवन टाइगर्सका कप्तान र राष्ट्रिय टिमका तिब्र गतीका बलर सोमपाल कामीको प्रदर्शन ठिकै रहेको छ । कामीले कुल ५ खेलबाट ४ विकेट मात्र हात पारेका छन ।

दुबै टिमको फर्म
यो सिजन चितवन टाइगर्सले कुल ६ खेलमा ५ मा जित र १ खेल हारेको छ भने पोखरा राइनोजले लिग चरणमा ३ जित गर्‍यो । कुल ७ खेलमा ४ जित, २ हार र एक खेल बर्षाका कारण अबरुद्ध भयो । गत सिजन पोखरा लिग चरणका सबै ६ खेलमा पराजित भएको थियो ।

१. चितवन टाइगर्स






२. पोखरा राइनोज






कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेल शनिवार दिउसो १:१५ बाट सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest