आइसिसी पुरुष खेलाडीको सेप्टेम्बर महिनाको मनोनयन सार्वजनिक

आइसिसी पुरुष खेलाडीको सेप्टेम्बर महिनाको मनोनयनमा नेपालका लेग स्पिन्नर सन्दीप लामिछाने, बंगलादेशका स्पिनर नसुम अहमद र अमेरिकाका पावर हिटर जसकरण मल्होत्रा रहेका छन्।

सन्दीप लामिछानेले आफ्नो छोटो क्यारियरमा सबैलाई प्रभावित पारिसकेका छन्। उनले सेप्टेम्बर महिनामा आईसीसी क्रिकेट विश्वकप लीग २ मा स्ट्यान्डआउट बलरको रुपमा उभिएर ६ वान डे खेल्दै १८ विकेट लिए । पपुआ न्यू गिनी विरुद्ध उनले ६/११ को उत्कृष्ट बलिङ गरेका थिए ।

ओमान बिरुद्धको अन्तिम खेलमा उनले ४ विकेट लिदै टिमलाई जित दिलाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest