पोखरा राइनोज १११ मा समेटियो, कमलसिंह ऐरीको ४ विकेट

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनल खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई १११ रनमा समेटेको छ ।

टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको चितवनले १७.५ ओभरमा पोखराको सबै विकेट लिन सफल भयो । उसका लागी कमल सिंह ऐरीले सर्बाधिक चार विकेट लिए ।

रिचार्ड लेभी र बिपिन रावलले ३७ रनको सुरुवाती साझेधारी गरे पनि पोखराको मध्यक्रम चल्न सकेन । लेभीले १५ बलको पारीमा ५ चौका प्रहार गर्दै २६ रन बनाए । यस्तै रावलले एक चौका र १ छक्का को मद्धतले १७ रन जोडे ।

रित गौतमले २, सहन अर्चाचिगेले २ र बिबेक यादवले ४ रनको योग्दान दिए । असेला गुनरत्नेले सर्बाधिक ३४ रनको पारी खेले भने कप्तान बिनोद भण्डारीले २६ बलमा २२ रनको योग्दान दिए ।

बलिङ तर्फ करीम जनत र सिकुगे प्रसन्नले २-२ विकेट लिदा सोमपाल कामी र सगर ढकालले १-१ विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest