चितवन टाइगर्स २०२१ को इपिएल च्याम्पियन

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन टाइगर्सले पहिलो पटक उपाधी जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको पोखराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको योगफल बनायो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाउदा रिचार्ड लेभीले २६ रन जोडे ।

त्यसैगरी विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२, किशोर महतोले १, विवेक यादवले ४, रित गौतमले २, सहन अर्चाचिगेले २ तथा बिक्रम सोबले १ रन जोडे भने लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए ।

पोखरालाई सस्तैमा समेट्नेक्रममा चितवनका कमल सिंह ऐरीले सर्बाधिक चार विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २-२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालको नाममा १-१ विकेट रह्यो ।

११२ रन पछाएको चितवन टाइगर्स सुरुवातमै झट्का लाग्यो । पहिलो ओभरको दोस्रो बल मै हासिम अन्सारीलाई नन्दन यादवले शून्यमा आउट गरे । त्यस पछी क्रीजमा आएका करिम जन्नतले पनि ४ बल खेलेर पभिलियन फर्के ।

ओपनर मोहम्मद शाहजाद १४ बलमा २ चौका प्रहार गरी ११ रन बनाए । तीन विकेट गुमाएको चितवनको स्कोर २० रन मात्र थियो ।

दिलिप नाथ र भिम सार्कीले पारीलाई सम्हाल्दै चौथो विकेटका लागि ५४ रनको महत्तोपूर्ण साझेधारी निभाए । दीलिपले १७ बल खेली २ चौका प्रहार गरी १८ रन बनाई आउट भए ।

राजेश पुलामी ले १२ बलमा १ चौका प्रहार गरी १४ रनमा बोल्ड भए । तर पिचको अर्को तर्फ भिम सार्कीले आक्रमक पारी खेल्दै अर्ध सतक बनाए । भीमले ४४ बलमा ६३ रन बनाएपछि चितवनले १५.५ ओभरमै लक्ष्य पुरा गर्‍यो । उनले ७ चौका र २ छक्का प्रहार गरे ।

पोखराका किशोर महतोले चार विकेट लिए भने नन्दन यादवले दुई विकेट झारे ।

व्यक्तिगत विधातर्फको उपाधि पनि चितवनकै बर्चस्व रह्यो । चितवनका स्पिनर सागर ढकाल प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । उपाधिसहित उनले बजाज पल्सर एनएस २०० सिसी मोटरसाइकल प्राप्त गरेका छन् । उनले इपिएलको यो सिजनमा सर्बाधिक १४ विकेट लिए ।

त्यस्तै चितवनकै भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरी डेर टु ड्रिम अर्वाड पाएका छन् । भीम र कमलले जनही रु ५१ हजार प्राप्त गरे ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवनले पहिलोपटक उपाधि जितेको हो । उपाधिसँगै चितवनले रु ५० लाख प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको पोखराले रु १५ लाख पायो ।

फोटो: नेपालखबर

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest