सन्दिप लामिछाने सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित

नेपाली क्रिकेटर सन्दिप लामिछाने आइसीसी प्लेयर अफ दी मन्थको विजेता बनेका छन । आइसीसीले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको विजेता घोषणा गर्दा यो पटक सन्दिपले उपाधि जितेका छन ।

यस्तै महिला तर्फ इंग्ल्याण्डकी कप्तान हिथर नाइट विजेता बनिन् । सन्दिपले बंगलादेशका बायाँहाते बलर नासुम अहमेद र अमेरीकी खेलाडी जसकरन मल्होत्रालाई पछि पार्दै सेप्टेम्बर महिनाको विजेता बने ।

सन्दिपलाई अहमद र मल्होत्राले कडा टक्कर दिएका थिए । भोटिङका आधारमा आइसीसीले विजेताको घोषणा गरेको हो । सेप्टेम्बर महिनामा सन्दिपले ओमानमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जसमा उनले आइसीसी विश्वकप क्रिकेट लिग टु मा ८ खेल खेल्दा १८ विकेट लिएका थिए । जसमा उनको एभरेज सात दशमलव ३८ को रहेको थियो । उनले सो प्रतियोगितामा तीन दशमलव १७ को इकोनोमीमा बलिङ गरेका थिए ।

Sandeep Lamichhane
Sandeep Lamichhane took six wickets in an ininngs against PNG. Photo: CAN

पपुवा न्युगिनीव्विरुद्धको खेलमा उनले करियरकै उत्कृष्ट बलिङ गर्दै मात्र ११ रन दिएर ६ विकेट लिएका थिए । यसका साथै उनलेस पीएनजीविरुद्धकै पहिलो खेलमा ३५ रन खर्चिएर चार विकेट लिएका थिए भने ओमानविरुद्धको खेलमा १८ रन दिएर ४ विकेट लिएका थिए ।

सन्दिप एकदिवसिय क्रिकेटमा कम खेलमा ५० विकेट लिने खेलाडीको होडमा पनि रहेका छन । उनले अहिलेसम्म १६ खेलमा ४१ विकेट लिइसकेका छन । अरु दुई खेलमा नौ विकेट लिएको खण्डमा उनी कम खेलमा ५० विकेट पुरा गर्ने पहिलो खेलाडी बन्नेछन ।

अहिले यो रेकर्ड श्रीलंकन खेलाडी अजन्था मेन्डिसको नाममा रहेको छ । यस्तै दोस्रो स्थानमा भारतीय पूर्व खेलाडी अजित अगारकर छन । उनले २३ खेलमा ५० किवेट पुरा गरेका हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest