विनोद भण्डारीको दोस्रो इनिङ्स, सोनियासँग कसे लगनगाँठो

राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले आफ्नो जीवनको दोस्रो इनिङ्स सुरु गरेका छन्।

दसैँका दिन विनोद सञ्चारकर्मी सोनिया अर्यालसँग विवाह बन्धनमा बाँधिएका हुन् । केही समयदेखि प्रेममा रहेका उनीहरुले असोज पहिलो साता मात्रै इन्गेजमेन्ट गरेका थिए ।

गोर्खाकी अर्याल र कञ्चनपुरका भण्डारीबीच शुक्रबार तनहुँमा पारिवारिक सदस्य र केही साथीभाईकाबीच विवाह सम्पन्न भएको हो ।

२००९ देखि नियमित नेपाली टोलीबाट खेल्दै आएका विनोद घरेलु क्रिकेटमा त्रिभुवन आर्मी क्लबको कप्तानी गर्छन् । सोनिका भने खेल पत्रकार हुनु् । उनी ग्यालेक्सी फोरके टेलिभिजनमा आबद्ध छिन् ।

May be an image of 2 people, including Binod Bhandari, people standing, flower and outdoors

May be an image of Sonika Aryal and Binod Bhandari, people standing and outdoors

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest