म्याच फिक्सिङ काण्डमा विश्वकप खेलिसकेका पाकिस्तानी खेलाडी निलम्बनमा

पाकिस्तानी क्रिकेटर जिसन मलिक म्याच फिक्सिङ काण्डमा फसेका छन । उनलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले निलम्बन समेत गरेको छ ।

भर्खरै सम्पन्न पाकिस्तानको नेशनल टी-२० च्याम्पियनसिपका दौरान म्याच फिक्सिङमा सामेल भएको भन्दै पीसीबीले भष्ट्राचार निरोधी संहिता ४.७.१ अन्तर्गत उनलाई निलम्बनमा राखेको हो । जसको अर्थ अब उनले अनुसन्धान नसकिएसम्म कुनैपनि क्रिकेट गतिविधिमा सहभागिता जनाउँन पाउने छैनन् ।

च्याम्पियनसिप बुधबार सकिएको थियो । जसिमले नर्दन पन्जाब टिमबाट खेल्दै ५ खेलमा १२३ रन जोडेका थिए । प्रतियोगिता सकिएसँगै म्याच फिक्सिङको आरोपमा उनलाई निलम्बन गरिएको हो ।

जिसनले पाकिस्तानको घरेलु लिग कराँची किंग्सबाट समेत खेलेका छन् । २०१६ मा उनले प्रथम श्रेणीमा डेब्यू गरेका थिए । उनले १९ प्रथम श्रेणी, १७ लिस्ट ए र २१ टी-२० खेल खेलेका छन् ।

उनले पाकिस्तानको टिमबाट २०१६ को यू-१९ विश्वकप खेलेका थिए । प्रतियोगितामा उनी सर्वाधिक रन बनाउँने खेलाडीको सूचिको तेस्रो नम्बरमा थिए ।

यसअघि पनि पाकिस्तानका अरु खेलाडीहरु म्याच फिक्सिङ काण्डमा फसिसकेका छन् । २०१० को लर्डस टेस्टमा पनि पाकिस्तानका ३ खेलाडीहरु मोहम्मद आमिर, मोहम्मद आसिफ र सलमान बट म्याच फिक्सिङ काण्डमा फसेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest