कोलकत्तालाई नाटकीय रुपमा हराउँदै चेन्नाईले जित्यो चौथो पटक आइपीएल

चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग आइपीएलको उपाधि जितेको छ ।

दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकत्तालाई हराउँदै चेन्नाई चौथोपटक आइपीएल च्याम्पियन बनेको हो ।

यसअघि चेन्नाई २०१०, २०११ र २०१८ मा आइपीएल च्याम्पियन रहिसकेको छ । यता राम्रो सुरुवातको बाबजुद कोलकत्ताको तेस्रो पटक उपाधि उचाल्ने सपना भने पूरा हुन सकेन ।

चौथो उपाधिसँगै चेन्नाई आइपीएलको दोस्रो सफल टोली समेत बनेको छ । चेन्नाई अघि मुम्बई इन्डियन्सले पाँच उपाधि जितेको छ ।

फाइनलमा चेन्नाईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकत्ता १६५ रनमै रोकिएको थियो । ओपनर फाफ डुप्लेसिसले ८६ रनको पारी खेलेपछि चेन्नाईले ३ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

गज्जब सुरुवात
गज्जब सुरुवातका बाबजुद कोलकत्ता सम्हालिन सकेन् । सुरुवाती ब्याट्समन शुभमन गिल र वैंकटेश अय्यरले पहिलो विकेटका लागि १०.४ ओभरमा ९१ रन जोडेर चेन्नाईका बलरको पसिना छुटाएका थिए ।

अय्यरलाई रविन्द्र जडेजाले क्याच गर्नुअघि ३२ बलमा उनले पाँच चौका र ३ छक्काको मद्दतमा ५० रन बनाइसकेका थिए ।
नाटकीय मोड

त्यसपछि भने खेलमा नाटकीय मोड आयो । चेन्नाइका बलरहरु खेलमा हावी हुन थाले । उनीहरुले ११९ रनको स्कोरमा पुग्दा कोलकत्ताको आधा टोलीलाई पवेलियन फर्काइसकेका थिए ।

नितिश राणाले खाता खोल्न सकेनन । सुनिल नारायणले पनि दुई रनमात्रै बनाउँन सके । शुभमन गिललाई दीपक चाहले एलबीडब्लु आउट गराएपछि चेन्नाई खेलमा फर्कियो ।

गिलले ४३ बलमा ६ चौकाको मद्दतमा ५१ रन बनाए । लगत्तै दिनेश कार्तिक ९ रन बनाएर खेलिरहँदा रविन्द्र जडेजाको बलमा अंवाती राइडूबाट क्याच भए ।

अर्को बलमा जडेजाले शाकिब अल हसनलाई सिकार बनाए । उनले खाता नै खोल्न सकेनन । लगत्तै राहुल त्रिपाठी पनि दुई रन बनाएर पवेलिइन फर्किए ।

कोलकत्ताका कप्तान इयोन मोर्गन पूरै सिजन चलेनन । उनको नाकामीको सिलसिला फाइनलमा पनि जारी रह्यो । उनले केवर चार रनमात्रै बनाउँन सके । अन्नत: कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १६५ रनमात्रै बनाउँन सक्यो ।

चेन्नाईका शार्दूल ठाकुरले ३, जोस हेजलवुड र रविन्द्र जडेजाले २-२ विकेट लिए ।

चेन्नाईको पारी
कोलकत्ताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चेन्नाईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९२ रन जोड्यो ।

ओपनरद्वाय रितुराज गायकवाड र फाफ डू प्लेसीले पहिले विकेटका लागि ८.१ ओभरमा ६१ रन बनाए । रितुराजले २७ बलमा ३ चौका र एक छक्काको मद्दतमा ३२ रन बनाए ।

डुप्लेसिसले ५९ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ८६ रनको च्याम्पियन पारी खेले ।

रितुराज आउट भएपछि मैदानमा उत्रिएका रोबिन उथप्पाले १५ बलमा ३ छक्कासहित ३१ रन जोडे । त्यसपछि क्रिजमा आएका मोइन अलीले पनि २० बलमा दुई चौका र ३ छक्कासहित ३७ रनको तुफानी ब्याटिङ गरेपछि चेन्नाईले विजयी स्कोर बनाएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest