भारतीय टोलीमा उलटपलट: विराट कोहलीले कप्तानी छाड्ने, राहुल द्रविड प्रशिक्षक

भोलि(आइतबार)देखि टी-२० विश्वकप यूएई र ओमानमा सुरु हुँदैछ । यही टी-२० विश्वकप पछि भारतीय क्रिकेट टोलीमा उलटपलट देखिने भएको छ ।

यसअघि नै कप्तान विराट कोहलीले टी-२० फर्म्याटबाट कप्तानी छाड्ने घोषणा गरिसकेका छन् । उनले ओडीआई र टेस्ट क्रिकेटमा भने कप्तानी निरन्तरता दिनेछन् । महेन्द्रसिंह धोनीले कप्तानी छोडेपछि विराटले नेतृत्व सम्हालेका थिए ।

३२ वर्षीय विराटले पनि छाड्ने भएपछि रोहित शर्माले यो फर्म्याटको भारतीय टोलीको हाक्नेछन् ।

भारतीय टोलीमा यस विश्वकपपछि देखिने अर्को ठूलो बदलाव प्रशिक्षकमा देखिनेछ । रवि शास्त्रीको स्थान राहुल द्रविडले लिने भएका छन् ।

बीसीसीआईले द्रविडलाई २०२३ को विश्वकपसम्म मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि पनि द्रविड श्रीलंका भ्रमणमा भारतका प्रशिक्षकमा रुपमा गएका थिए ।

टी-२० विश्वकपपछि रवि शास्त्रीसँगको सम्झौता सकिने भएकाले उनको स्थानमा द्रविडलाई नियुक्त गर्न लागिएको हो । शास्त्री २०१७ मा पहिलोपटक भारतीय टोलीको प्रशिक्षक बनेका थिए ।

शास्त्रीको प्रशिक्षकत्वमा भारतले विभिन्न सिरिज जितेपछि कुनै आइसीसी ट्रफी भने जित्न सकेन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest