विश्वकप एसियाली छनोटको बन्द प्रशिक्षणमा २४ खेलाडी, नामावलीसहित

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि अन्तिम चरणको बन्द प्रशिक्षणमा रहने २४ महिला खेलाडीहरुको नाम सार्वजनिक गरेको छ ।

क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त नामावली सार्वजनिक गरेको हो । युएईमा आगामी नोभेम्बरमा एसियाली छनोट हुँदैछ ।

अन्तिम चरणको बन्द प्रशिक्षण कार्तिक ३ गतेबाट सुरु काठमाडौंमा हुने क्यानले जनाएको छ ।

अन्तिम चरणको बन्द प्रशिक्षणमा कप्तान रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अश्मिना कर्माचार्य र कन्चन श्रेष्ठ रहेका छन् ।

यस्तै अन्य खेलाडीमा सरस्वती जीएम, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, इश्वरी विष्ट, करुणा भण्डारी र सरिता मगर बन्द प्रशिक्षणमा परेका छन् ।

अघिल्लो महिना नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षण इटहरीमा सुरु भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र क्रिकेट एशोसिएसन अफ सुनसरीको व्यवस्थापनमा उक्त प्रशिक्षण सुरु भएको हो ।

महिला टोलीको प्रशिक्षक जगतबहादुर टमाटाले रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest