टी-२० विश्वकप आजदेखि, आज दुई खेल

युएई र ओमानमा आज(आइतबार)देखि आईसीसी टी-२० विश्वकप क्रिकेट सुरु हुँदैछ ।

पहिलो दिन आइतबार दुई खेलहरु हुँदैछन् । पहिलो चरण अन्तर्गत ओमानको अल अमारतमा हुने पहिलो खेलमा ओमानले पपुवा न्युगिनीको सामना गर्नेछ । उक्त खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच अल अमारत क्रिकेट मैदानमा नै हुनेछ । उक्त खेलमा ७:४५ बजेबाट सुरु हुनेछ ।

विश्वकप अक्टोम्बर १७ सम्म चल्नेछ । वेष्ट इन्डिजले २०१६ मा अन्तिम संस्करण जितेपछि ५ वर्षपछि अर्को टी-२० विश्वकप हुन लागेको हो । यसबीच कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन ।

फर्म्याट

जारी विश्वकपमा १६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । आइतबारबाट सुरु हुने पहिलो चरणमा श्रीलंका, बंगलादेश, नामिबिया, ओमान, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, र पपुवा न्युगिनी भिड्नेछन् ।

यसबाट चार टोलीले सुपर- १२ मा पुग्नेछन् । सुपर १२ का टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा रहने छन् ।

यस्तै सुपर-१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन् ।

पुरस्कार

प्रतियोगिताकका लागि कुन ५.६ मिलियन अमेरिकी डलर पुरस्कार रकम छुट्टाइएको छ ।

विजेताले १.६ मिलियन डलर पाउनेछ भने उपविजेता टोलीले ८ लाख डलर हात पार्नेछन् ।

यस्तै सेमिफाइनलमा पराजित हुने टोलीले समान ४ लाख अमेरिकी डलर तथा शीर्ष १२ मा पुगेर नकआउट हुने ८ टोलीले समान ७० हजार डलर पुरस्कार पाउनेछन् ।

सुपर १२ मा पुग्ने टोली र पहिलो राउण्डबाट बाहिरिने टोलीले समान ४० हजार डलर पाउनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest