विश्वकपको पहिलो खेल: राष्ट्रिय गीत बजेपछि भावुक बने पीएनजीका खेलाडी

यूएई र ओमानबाट आइतबारबाट टी-२० विश्वकप सुरु भएको छ । पहिलो खेल ओमान र पपुवा न्यूगिनी(पीएनजी)बीच खेलिदैँछ ।

उद्घाटन खेलमा जब टस पछि राष्ट्रिय गान बज्न थाल्छ तब हर कोहीलाई भावुक बनाउँने दृश्य देखिएको थियो ।

पीएनजीका लागि त्यो क्षण निकै भावुक रह्यो । जब मैदानमा राष्ट्रिय गीत बज्यो उसका टिमका सदस्यहरु एकाएक भावुक बने ।

पीएनजीका खेलाडी तथा अफिसियलहरुका आँखा रसाएको दृश्य देखिन्थ्यो । त्यो दृश्य देख्दा दर्शकहरु समेत भावुक बनेका थिए ।

सामाजिक सञ्जालहरुमा पनि यी दृश्यहरु भाइरल बनिरहेका छन् । धेरैको मन ती तस्बिरहरुले  छोएको छ ।

खासमा पीएनजीले २०१५ बाटमात्रै टी-२० क्रिकेट खेल्न सुरु गरेको हो । अहिलेसम्म पीएनजीले टी-२० र एसोसियट क्रिकेट नेसनसँगमात्रै खेल्दै आएको छ ।

तर यसपल्ट भने टोलीले विश्वकपमा नै स्थान बनाएको थियो । विश्वकप जस्तो ठूलो स्टेजमा उत्रेपछि उसका खेलाडी तथा अफिसियलहरुका आँखा रसाएका हुन् ।

 

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest