टी-२० विश्वकप: पीएनजीले दियो ओमानलाई मध्यम लक्ष्य

कप्तान असाद भालाले अर्धशतकीय पारी खेलेपछि पपुवा न्युगिनी (पीएनजी)ले टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा ओमानलाई १३० रनको मध्यम लक्ष्य दिएको छ ।

ओमानको अल अमारतमा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै रन बनायो ।

पीएनजीका लागि भालाले ५६ रनको अर्धशतकीय पारी खेले । ४३ बलमा उनले उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै पीएनजीका कार्लेस अमिनीले ३७ रन, सेसे बाउले १३ रनबाहेक अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ ओमानका लागि जजेसन मक्सोदले सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा उनले २० रन खर्चे । त्यस्तै बिलाल खान र कलिमउल्लाले समान दुई–दुई विकेट लिए ।

युएई र ओमानमा आज(आइतबार)देखि आईसीसी टी-२० विश्वकप क्रिकेट सुरु हुँदैछ । आइतबारबाट सुरु हुने विश्वकप कोरोना महामारीका कारण भारतबाट प्रतियोगिता यूएई र ओमानमा सारिएको हो ।

आजै हुने दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच अल अमारत क्रिकेट मैदानमा नै हुनेछ । उक्त खेलमा ७:४५ बजेबाट सुरु हुनेछ ।

विश्वकप नोभेम्बर १४ सम्म चल्नेछ । वेष्ट इन्डिजले २०१६ मा अन्तिम संस्करण जितेपछि ५ वर्षपछि अर्को टी-२० विश्वकप हुन लागेको हो । यसबीच कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन ।

यस संस्करणको आयोजक आइसीसी आफै हो तर खेलहरु यूएई र ओमानमा खेलहरु हुनेछन् । यसअघि भारतमा प्रतियोगिता हुने भनिएको थियो तर कोरोना महामारीका कारण भारतबाट प्रतियोगिता यूएई र ओमानमा सारिएको हो ।

फर्म्याट
प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता दुई राउण्डमा खेलाइनेछ । पहिलो राउण्डमा ८ टोली हुनेछन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए : श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया
समूह बी : बंगलादेश, स्कटल्याण्ड, पपुवा न्यू गिनी, ओमान

समूहमा सबै टोलीले एक अर्कासँग खेलेपछि दुवै समूहका शीर्ष २ टोली अर्को राउण्डमा प्रवेश गर्नेछन् । जसलाई सुपर १२ भनिन्छ । जहाँ शीर्ष वरियताका टी-२० टोलीहरु छन् । सुपर १२ मा पनि दुई समूहमा टोलीहरुलाई बाडिनेछ ।

समूह ए : इंग्ल्याण्ड, अष्ट्रेलिया, साउथ अफ्रिका, वेष्ट इण्डिज, पहिलो राउण्डका दुई टोली (A1 र B2)
समूह बी : भारत, पाकिस्तान, न्यूजिल्याण्ड, अफगानिस्तान, पहिलो राउण्डका दुई टोली (B1 र A2)

फेरि, यी टोलीहरुले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest