यसकारण पक्राउ परे भारतीय क्रिकेटर युवराज सिंह

सामाजिक सञ्जालमा अनुचित जातीवादी टीप्पणी गरेको आरोमा प्रहरीले भारतीय क्रिकेटर युवराज सिंहलाई पक्राउ गरेको छ ।

भारतको हरियानास्थित हान्सी प्रहरीले आइतबार युवराजलाई पक्राउ गरेको हो । हासी पुलिसका प्रवक्ता सुभाष कुमारका अनुसार आइतबार युवराज सिंहलाई पक्राउ गरिएको हो । उनको बयान पनि लिइसकिएको छ ।

बयान लगत्तै उच्च अदालतको निर्देशानुसार युवराजलाई जमानतमा छोडिएको छ ।

उजुरीकर्ता रजत कलसनले भने युवराज सिंहलाई प्रहरीले भीआइपी जसरी व्यवहार गरेको भन्दै असन्तुष्टि पोखेका छन् । उनका अनुसार अफिसरको मेसमा बसाएर युवराजको वयान लिइएको थियो ।

गतवर्ष लकडाउनका बेला युवराज सिंह र रोहित शर्माको एक भिडियो भाइरल बनेको थियो । इन्स्टाग्राम लाइभका कुराकानी गर्दै युवराजले दलितका विरुद्ध  एक आपत्तीजनक शब्दको प्रयोग गरेका थिए ।

युवराजले उक्त शब्द भारतीय टोलीका अर्का सदस्य युजवेन्द्र चहललाई भनेका थिए । जसका कारण त्यसबेला युवराजको धेरै आलोचना भएको थियो ।

सोही आपत्तीजनक शब्दको प्रयोग गरेपछि दलित मानवअधिकारकर्मी रजत कलसनले गतवर्ष २ जुनमा युवराजविरुद्ध उजुरी जाहेर गर्दै पक्राउको माग गरेका थिए ।

युवराजविरुद्ध भारतीय संविधानको धारा १५३, १५३ A, २९५, ५०५ मार्फत जातिगत टिप्पणी गरेको भन्दै कारवाहीको माग गरिएको छ ।

माफी मागिसकेका थिए

यद्दपी युवराज सिंहले उक्त भिडियो फाइल भएसँगै माफि मागेका थिए ।

उनले एक ट्विट गर्दै लेखेका थिए, ‘म कुनै रंग जाति वा लिंगको आधारमा कुनै पनि भेदभावको पक्षमा छैन । मैले मानिसहरुको भलाईमा आफ्नो जिन्दगी बिताए र अब पनि यसरी नै बाच्न चाहान्छू । म हरेक व्यक्तिलाई सम्मान गर्छु । मैले आफ्नो साथीसँग कुरा गर्दा मेरो कुरालाई गलत रुपमा अर्थ लगाइएको छ । जुन अनुचित छ । तर पनि एक जिम्मेदार भारतीय नागरिक हुनाको नाताले मैले तर्फबाट कुनै अन्जानमा गल्ती भएको भए र कसैलाई चोट पुगेको भए माफी खेल व्यक्त गर्छु ।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest