क्यानले खोल्यो मुख्य प्रशिक्षकको आवेदन, यस्तो चाहिन्छ योग्यता

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षकको दरखास्त खोलेको छ ।

क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

अघिल्लो महिना ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको थियो ।

क्यानले योग्यता पुगेका व्यक्तिलाई आफ्नो व्यक्तिगत विवरण र पदको लागि इछ्याएको कारण अक्टोबर ३१ सम्म आवेदन दिन भनेको छ ।

क्यानले सुचनामा जारी गरेको चाहिने योग्यता अनुसार इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ को प्रशिक्षण गरेको, आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्रमा पाँच वर्ष प्रशिक्षकको भूमिका निभाएको तथा क्रिकेटको जानकार तथा क्रिकेट कल्चर बुझेको हुनुपर्ने उल्लेख छ ।

No photo description available.

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest