शाकिबले रचे इतिहास, तोडे मालिंगाको रेकर्ड

टी–२० क्रिकेट विश्वकपमा बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसनले इतिहास रचेका छन ।

यूएई र ओमानमा जारी टी–२० विश्वकपका दौरान शकिबले अन्तर्राष्ट्रिय टी–२० खेलमा सर्वाधिक विकेट लिने बलरको कीर्तिमान रचेका हुन् ।

श्रीलंकाका लसिथ मलिंगाको कीर्तिमान भंग गर्दै शाकिबले यो रेकर्ड राखेका हुन् । उनको नाममा १०८ विकेट पुगेको छ । यसअघि मलिंगाको नाममा १०७ विकेट थिए ।

जारी विश्वकपमा स्कटल्याण्डविरुद्ध १७ रन दिएर २ विकेट लिएसँगै शाकिबले यो कीर्तिमान राखेका हुन् ।

शाकिब र मलिंगापछि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको सुचीको तेस्रो नम्बरमा न्यूजिल्याण्डका टीम साउदी छन् । उनले ९९ विकेट लिएका छन् । चौथो नम्बरमा रहेका पाकिस्तानका शाहिद अफ्रिदीले ९८ विकेट लिएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest