टी-२० विश्वकप: नेदरल्याण्ड्समाथि आयरल्याण्डको सहज जित

आयरल्याण्डले नेदरल्याण्ड्समाथि आईसीसी टी-२० विश्वकप क्रिकेटमा ७ विकेटको सहज जित हात पारेको छ ।

युएईको आबुधाबीमा सोमबार भएको खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ७ रनको सामान्य लक्ष्य आयरल्याण्डले १५ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टाएको थियो ।

आयरल्याण्डको जितमा ग्यारेथ डेनिलीले ४४ रन बनाउँदै टोलीलाई जित दिलाए । २९ बलमा उनले ५ चौका र २ छक्का प्रहार गरे । यस्तै पाउल स्ट्रर्लिङले ३० रन बनाए ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन, ब्राण्डन ग्लोभर र पिटर सिलारले एक एक विकेट लिए ।

त्यसअघि म्याक्स ओ डाउडले ५१ रनको अर्धशतकीय पारी खेलेपनि अन्य ब्याट्म्यानले साथ नदिदा नेदरल्यान्ड्सले २० ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो ।

डाउडले ४७ बलमा ७ चौका प्रहार गरे । यस्तै कप्तान पिटर सिलारले २१ रन बनाए भने कोलिन र लोगान भान विकले ११/११ रन जोडे ।

आयरल्याण्डका कर्टिस क्याम्फरले ४ बलमा ४ विकेट लिएसँगै नेदरल्याण्ड्स धरासायी बनेको थियो । यस्तै मार्क एडिरले ३ विकेट लिए ।

प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता दुई राउण्डमा खेलाइनेछ । पहिलो राउण्डमा ८ टोली हुनेछन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए : श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया
समूह बी : बंगलादेश, स्कटल्याण्ड, पपुवा न्यू गिनी, ओमान

समूहमा सबै टोलीले एक अर्कासँग खेलेपछि दुवै समूहका शीर्ष २ टोली अर्को राउण्डमा प्रवेश गर्नेछन् । जसलाई सुपर १२ भनिन्छ । जहाँ शीर्ष वरियताका टी-२० टोलीहरु छन् । सुपर १२ मा पनि दुई समूहमा टोलीहरुलाई बाडिनेछ ।

समूह ए : इंग्ल्याण्ड, अष्ट्रेलिया, साउथ अफ्रिका, वेष्ट इण्डिज, पहिलो राउण्डका दुई टोली (A1 र B2)
समूह बी : भारत, पाकिस्तान, न्यूजिल्याण्ड, अफगानिस्तान, पहिलो राउण्डका दुई टोली (B1 र A2)

फेरि, यी टोलीहरुले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest