टी-२० विश्वकप अन्तर्गतको वार्मअप खेलमा भारतमाले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५ विकेट गुमाएर १८८ रन बनाएको थियो । जवाफमा भारतले १९ ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाउँदै खेल जित्यो ।
१९औं ओभरको अन्तिम बलमा ऋषभ पन्तले छक्का प्रहार गर्दै भारतलाई जित दिलाएका थिए । १४ बलमा २९ रन बनाएर पन्त नटआउट रहे ।
भारतको जितमा इसान किसनले ७० रनको पारी खेले । ४६ बलमा उनले ७ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै ओपनर केएल राहुलले ५१ रनको अर्धशतकीय पारी खेले । २४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे ।
त्यसबाहेक हार्दिक पाण्ड्याले १२, विराट कोहलीले ११ र सुर्यकुमार यादवले ८ रन जोडे । इंग्ल्याण्डका क्रिस जोर्डनले २ तथा डेविड वाले र आदिल रासिदले १-१ विकेट लिए ।
त्यसअघि इंग्ल्याण्डका लागि जोनी बरिस्टोले ४९ रन जोडे । ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यसबाहेक मोइन अलिले ४३, डोविड मिलान जस बटलरले समान १८-१८ रहे ।
भारतका मोहम्मद सामीले ३ तथा जसप्रित बुम्राह र राहुल चाहरले १-१ विकेट लिए ।