टी-२० विश्वकप: पहिलो खेलमा स्तब्ध भएको बंगलादेश आज दोस्रो खेल खेल्दै

आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज पहिलो खेलमा स्कटल्याण्डसँग स्तब्ध बनेको बंगलादेशले दोस्रो खेल खेल्दैछ ।

आज हुने दोस्रो खेलमा बंगलादेशले ओमानको चुनाैती सामना गर्न लागेको हो । उक्त खेल राति ७:४५ बजे सुरु हुनेछ ।

ओमान लगातार दोस्रो जितको खोजीमा हुने भने बंगलादेश भने पहिलो जितको खोजीमा हुनेछ ।

त्यसअघि हुने पहिलो खेलमा स्कटल्याण्ड र पपुवा न्यू गिनी (पीएनजी) भिड्नेछन् । उक्त खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ।

दुबै टोलीको यो दोस्रो खेल हो । यस अघि स्कटल्याण्डले बंगलादेशलाई ६ रनले पराजित गरेको थियो भने पीनजीले आयोजक ओमानसँग १० विकेटको हार व्यहोरेको थियो ।

प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता दुई राउण्डमा खेलाइनेछ । पहिलो राउण्डमा ८ टोली हुनेछन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए : श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया
समूह बी : बंगलादेश, स्कटल्याण्ड, पपुवा न्यू गिनी, ओमान

समूहमा सबै टोलीले एक अर्कासँग खेलेपछि दुवै समूहका शीर्ष २ टोली अर्को राउण्डमा प्रवेश गर्नेछन् । जसलाई सुपर १२ भनिन्छ । जहाँ शीर्ष वरियताका टी-२० टोलीहरु छन् । सुपर १२ मा पनि दुई समूहमा टोलीहरुलाई बाडिनेछ ।

समूह ए : इंग्ल्याण्ड, अष्ट्रेलिया, साउथ अफ्रिका, वेष्ट इण्डिज, पहिलो राउण्डका दुई टोली (A1 र B2)
समूह बी : भारत, पाकिस्तान, न्यूजिल्याण्ड, अफगानिस्तान, पहिलो राउण्डका दुई टोली (B1 र A2)

फेरि, यी टोलीहरुले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest