विश्वकपमा रहिरहने बंगलादेशको सम्भावना कति?

बंगलादेशले टी-२० विश्वकपको पहिलो राउण्ड समूहबीको खेलमा ओमानलाई २६ रनले पराजित गर्दै सुपर १२ मा स्थान बनाउने सम्भावना कायमै राखेको छ ।

बंगलादेशको टोली २० ओभरमा १५३ रनमा अलआउट भएको थियो जवाफमा ओमानले ९ विकेट गुमाएर १२७ रनमात्रै बनाउन सक्यो ।

पहिलो खेलमा स्कटल्याण्डसँग अप्रत्यासित हार ब्यहोरेपछि प्रतियोगितामा रहिरहन बंगलादेशलाई ओमानविरुद्ध जितको खाँचो थियो । यो जितसँगै बंगलादेश समूहको तेस्रो स्थानमा छ । स्कटल्याण्ड शीर्ष र ओमान दोस्रोमा छ । समूहका दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् ।

बंगलादेशको जितमा शकिब अल हसनले २९ बलमा ६ चौकाको मद्दतमा ४२ रन जोडे । उनले ४ ओभरमा २८ रनमात्रै दिएर तीन विकेट पनि लिए ।

शाकिब र मोहम्मद नईमले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरेपछि बंगलादेशले जितको लक्ष्य बनाएको हो । नईमले ६४ रन जोडे । उनले ५० बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

ओमानका बिलाल खान र फय्याज बटले ३-३ विकेट लिए ।

लक्ष्यलाई पछ्याउनेक्रममा जतिंदर सिंहले ३३ बलमा ४० रन बनाए पनि ओमानलाई जित दिलाउन सकेनन ।

कश्यप प्रजापतिले २१ रन जोड्दा कप्तान जिसन मक्सुदले १२ रन बनाए । मोहमद नादिम १४ रनमा अविजित रहे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest