विश्वकप एसियाली छनोटका लागि बन्द प्रशिक्षण सुरु

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बुधबार देखि त्रिवि क्रिकेट मैदानमा अन्तिम चरणको बन्द प्रशिक्षण सुरु भएको छ ।

नेपाली टोलीले बुधबार फिटनेस अभ्यास गरेको थियो । मुख्य प्रशिक्षक जगत टमटाले टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

युएईमा आगामी नोभेम्बरमा एसियाली छनोटका लागि क्या्नले २४ खेलाडीलाई यसअघि नै छनोट गरेको थियो ।

अन्तिम चरणको बन्द प्रशिक्षणमा कप्तान रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अश्मिना कर्माचार्य र कन्चन श्रेष्ठ रहेका छन् ।

यस्तै अन्य खेलाडीमा सरस्वती जीएम, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, इश्वरी विष्ट, करुणा भण्डारी र सरिता मगर बन्द प्रशिक्षणमा परेका छन् ।

अघिल्लो महिना नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षण इटहरीमा सुरु भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र क्रिकेट एशोसिएसन अफ सुनसरीको व्यवस्थापनमा उक्त प्रशिक्षण सुरु भएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest