विश्वकप वार्मअप: अष्ट्रेलियाले भारतलाई दियो चुनौतीपूर्ण लक्ष्य

टी-२० विश्वकपको वार्मअप खेलमा अष्ट्रेलियाले भारतलाई १५३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

दुबईमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनायो ।

अष्ट्रेलियाका स्टिभिन स्मिथले ५७ रनको पारी खेले । ४८ बलमा उनले ७ चौका प्रहार गरे । यस्तै मार्कुस स्टोइन्सले २५ बलमा ४ चौका र एक छक्का मद्दतमा ४१ रन जोडेपछि अष्ट्रेलिया उक्त स्कोमा पुगेको हो ।

ओपनर तथा कप्तान आरोन फिन्चले ८ रनमै आउट भए । मिचेल मार्सले खाता नै खोल्न सकेनन् । ग्रिल म्याक्सवेलले ३७ तथा माथ्यु वडले ४ रन जोडे ।

भारतका रविचन्द्रन आश्विनले २ तथा भुवनेश्वर कुमार, रविन्द्र जडैजा र राहुल चाहरले १-१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest