घरेलु हिंसाको आरोपमा अष्ट्रेलियाका पूर्व क्रिकेटर पक्राउ

पूर्व अष्ट्रेलियन क्रिकेटर तथा कमेन्टेटर माइकल स्लेटर घरेलु हिंसाको आरोपमा पक्राउ परेका छन् ।

न्यू साउथ वेल्स प्रहरीले सिड्नीबाट उनलाई पक्राउ गरेको पुष्टि गरेको छ ।

१२ अक्टोबरमा दर्ता भएको एक घरेलु हिंसाको उजुरीका आधारमा स्लेटरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान र सोधपुछपछि उनलाई पक्राउ गरिएको हो । उनलाई अर्को महिना अदालतमा पेश गरिने भएको छ ।

आफ्नो पार्टनरलाई विगत तीन वर्षदेखि घरेलु हिंसा गरेको आरोप उनीमाथि लागेको छ ।

स्लेटरलाई पछिल्लो महिना अष्ट्रेलियन ब्रोडकास्टर सेभन नेटवर्कको क्रिकेट कमेन्ट्री टिमबाट समेत हटाइएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest