अर्जेन्टिना १२ रनमै अलआउट

आइसीसी महिला टी-२० विश्वकपको अमेरिका क्षेत्र छनोटमा अर्जेन्टिना ब्राजिलसँग १२ रनमै अलआउट भएको छ ।

मंगलबार भएको खेलमा ११.२ ओभर खेलेको अर्जेन्टिनाका कुनैपनि खेलाडीले ५ रन समेत कटाउन सकेनन ।

उसको खातामा सर्वाधिक रन अतिरिक्तमार्फत ३ रन आएको थियो । त्यसबाहेक टामारा बासिले, भेरोनिका भोस्कुज र क्याटालिन ग्रिलोनीले समान २-२ रन जोडे ।

त्यसबाहेट ५ खेलाडीले खाता नै खोल्न सकेनन् । ब्राजिलका रिनाटे डि सुओसा र लारा मोसेले २-२ विकेट लिए ।

जवाफमा ब्राजिलले ३.३ ओभरमा २ विकेट गुमाएर १३ रनको लक्ष्य भेटाएको थियो ।

उसका लौरा अगाथाले ४ तथा लौरा कार्डिसोले २ रन जोडे । अतिरिक्त मार्फत ब्राजिलले ७ रन पाउँदै जित हात पारेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest