जसले १२ वर्षकै उमेरमा स्कटल्याण्डको विश्वकप जर्सी डिजाइन गरिन्

१२ वर्षको उमेरमा तपाई-हामी के गरिरहेका थियौं होला?

साच्चकै भन्दा हामीले त्यस उमेरमा संसारका धेरै चिजहरु बुझ्न बाँकी नै हुन्थ्यो । हामी खेलकुद, केही पढाई-लेखाइमा समय काटिरहेका थियौं होला ।

तर अनुमान गर्नुसक्नहुन्छ, १२ वर्षको उमेरमा रेबिका डाउनीले के गरिन् ?

उनले एक अन्तर्राष्ट्रिय टोलीको जर्सी डिजाइन गरिन्, त्यो पनि विश्वकपका लागि ।

यूएई र ओमानमा जारी टी-२० विश्वकपका लागि स्कटल्याण्डले बनाएको नयाँ जर्सी यिनै १२ वर्षे रेबिकाले डिजाइन गरेकी हुन् ।

टिमले २०० बढी देशभरिका स्कुलका बालबालिकाबाट आएको डिजायनबाट उनको डिजाइन छनोट गरेको थियो । जुन स्कटल्याण्डको राष्ट्रिय प्रतीक थीस्ल फुलको रंगमा आधारित छ ।

रेबिकाको सम्मानका लागि टोलीले जिम्बाबेविरुद्धको खेल हेर्न उनको परिवारसहित विशिष्ट पाहुनाका रुपमा बोलाएको थियो । जहाँ उनले खेलाडीहरुसँग पनि भेट गरेकी थिइन् ।

क्रिकेट स्कटल्याण्डले रेबिकाको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै लेखेको छ, ‘स्कटल्याण्डकी किट डिजाइनर, हैडिंग्टनकी १२ वर्षीय रेबिका डाउनी । उनी टिभीमा हाम्रो पहिलो खेल हेरिरहेकी छिन् । गर्वका साथ त्यही जर्सी लगाइरहेकी थिइन्, जुन उनले आफै डिजाइन गरेकी हुन् । रेबिकालाई फेरिपनि धन्यवाद ।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest