रोहितले कप्तानी पारी खेलेपछि अष्ट्रेलियामाथि भारतको सानदार जित

टी-२० विश्वकपको वार्मअप खेलमा अष्ट्रेलियामाथि भारतले ८ विकेटको सानदार जित हात पारेको छ ।

भर्खरै सम्पन्न खेलमा अष्ट्रेलियाले दिएको १५३ रनको लक्ष्य पछ्याएको भारतले १३ बल बाँकी रहँदै २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

कप्तान रोहित शर्माले ६० रनको पारी खेलेपछि भारतले सजिलै जित हात पारेको हो । उनले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै भारतका लागि सुर्यकुमार यादवले २७ बलमा ५ चौका र एक छक्कासहित ३८ र हार्दिक पाण्ड्याले ८ बलमा एक छक्कासहित १४ रनको नटआउट पारी खेले ।

त्यसअघी ओपनर केएल राहुलले ३१ बलमा ३९ रन जोडेका थिए । पहिलो विकेटका लागि राहुल र रोहितबीच ६८ रनको साझेदारी भएको थियो ।

त्यसअघि दुबईमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनायो ।

अष्ट्रेलियाका स्टिभिन स्मिथले ५७ रनको पारी खेले । ४८ बलमा उनले ७ चौका प्रहार गरे । यस्तै मार्कुस स्टोइन्सले २५ बलमा ४ चौका र एक छक्का मद्दतमा ४१ रन जोडेपछि अष्ट्रेलिया उक्त स्कोमा पुगेको हो ।

ओपनर तथा कप्तान आरोन फिन्चले ८ रनमै आउट भए । मिचेल मार्सले खाता नै खोल्न सकेनन् । ग्रिल म्याक्सवेलले ३७ तथा माथ्यु वडले ४ रन जोडे ।

भारतका रविचन्द्रन आश्विनले २ तथा भुवनेश्वर कुमार, रविन्द्र जडैजा र राहुल चाहरले १-१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest