नाबीको घातक बलिङसामु वेष्ट इण्डिजले घुँडा टेक्यो

अफगानिस्तानले आइसीसी टी–२० विश्वकपको वार्मअप खेलमा साविक विजेता वेस्टइन्डिजलाई ५६ रनले हराएको छ ।

बुधबार राति भएको खेलमा जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रनमै समेटियो ।

वेस्टइन्डिजका लागि रोश्टन चेशले ५८ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५४ रन बनाए । यस्तै निकोलस पुरनले २६ बलमा ४ चौका र १ छक्का सहित ३५ रन बनाए ।

अफगानिस्तानका मोहम्मद नाबीले घातक बलिङ गरेपछि वेष्ट इण्डिज टोलीले घुँडा टेकेक होव । उनले ४ ओभरमा २ मेडन सहित २ रनमात्रै खर्चेर ३ विकेट लिए । यस्तै उसका नविन उल हक र करिम जन्नतले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो ।

उसका हज्रातुल्लाह जजाईले ३५ बलमा ८ चौका र २ छक्का सहित सर्वाधिक ५६ रन बनाए । यस्तै मोहम्मद शाहजादले ३५ बलमा ६ चौका र १ छक्का सहित ५४, रहमानउल्लाह गुरबाज ३३ र नाजिबुल्लाह ज्रदान २३ रन जोडे ।

वेस्टइन्डिजका आवेद म्याककोयले सर्वाधिक २ तथा रवि रामपाउल, आन्द्रे रसेल र हेडन वाल्श जुनियरले १–१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest