श्रीलंका विश्वकपको सुपर १२ मा

आयरल्याण्डलाई बुधबार राति भएको खेलमा ७० रनले पराजित गर्दै श्रीलंका टी–२० विश्वकपको सुपर १२ मा प्रवेश गरेको छ ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १ सय १ रनमा अल आउट भएसँगै श्रीलंकाले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले ३९ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४१ रन तथा कर्टिस क्याम्फरले २८ बलमा २ चौका सहित २४ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो ।

श्रीलंकाका वानिन्दु हसरंगाले ४७ बलमा १० चौका र १ छक्का सहित सर्वाधिक ७१, पाथुम निसंकाले ४७ बलमा ६ चौका र १ छक्का सहित ६१ रन जोडे ।

आयरल्यान्डका तीव्र गतिका युवा बलर जोश लिटिलले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए ।

जितसँगै श्रीलंकाले २ खेलमा २ मा जितका साथ सुपर १२ मा स्थान पक्का गरेको छ । अब श्रीलंकाले शुक्रबार नेदरल्यान्ड्सँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest