यी ४ टोली पुग्नसक्छन् विश्वकप सेमिफाइनलमा

टी–२० विश्वकपको सुपर १२ का खेलहरु २३ अक्टोबरबाट सुरु हुँदैछन् । तर अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्रड हगले विश्वकपको सेमिफाइनललाई लिएर भविष्यवाणी गरेका छन् ।

उनका अनुसार भारत, पाकिस्तान, वेस्टइण्डिज र इंग्ल्याण्ड सेमिफाइनलमा पुग्ने सम्भावना भएका टोली हुन् ।

अष्ट्रेलियाका हगले आफ्नै देशलाई भने सेमिफाइनल पुग्ने टोलीका रुपमा राखेनन् ।

उनले समूह एबाट वेस्टइण्डिज र इंग्ल्याण्ड तथा समूह बीबाट भारत र पाकिस्तान सेमिफाइनलमा पुग्नसक्ने बताए ।

तर पाकिस्तानलाई सेमिफाइलनमा पुग्न भारतविरुद्धको पहिलो खेल जित्ने दबाब रहेको उनले बताए ।

भारत र पाकिस्तानबीचको पहिलो खेल २४ अक्टोबरमा हुँदैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest