विश्वकप: ठूला टोलीको खेल बिगार्नसक्छ यो अन्डरडग टोली

आइसीसी टी-२० विश्वकपको खेल सुरु भएसँगै भारतका पूर्व कप्तान सुनिल गावस्कर र पाकिस्तानका पूर्वकप्तान वसिम अकरमले ठूला टोलीहरुलाई चेतावनी दिएका छन् ।

अकरमले अन्डरडगका रुपमा लिइएको अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउँन नसकेपनि धेरै ठूल्ठूला टोलीको खेल बिगार्नसक्ने चेतावनी दिएका छन् ।

अकरमका अनुसार अफगानिस्तानको टोलीमा राम्रो ब्याट्सम्यानका साथसाथै रासिद खान, मुजीब उर रहमानजस्ता बलरहरु पनि छन् । जसबाट अरु टोलीले शतर्क हुनु जरुरी छ ।

अकरले अफगानिस्तानका कप्तान मोहम्मद नाबी पनि निडर रुपमा खेल्ने म्याच विजेता खेलाडी भएको बताए ।

यता भारतीय पूर्वकप्तान गावस्करले पनि अफगानिस्तान टोलीको तारिफ गरेका छन् । उनका अनुसार अफगानिस्तान टोलीसँग गुमाउँन केही छैन तर उसले ठूल्ठूला टोलीको खेल भने जरुर बिगारिदिन सक्छ ।

उनले अफगानिस्तान खेलाडीलाई जज गर्नसमेत विपक्षी टिमलाई हम्मेहम्मे पर्ने गरेको बताए । अफगानिस्तानी खेलाडीसँग आइपीएलजस्ता लिग खेलेको अनुभव समेत भएकाले उनीहरु विश्वकपमा खरो उत्रिने विश्वास गावस्करले बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest