टी-२० विश्वकप: नेदरल्याण्ड्स ४४ रनमै अलआउट

आइसीसी टि-२० विश्वकपमा नेदरल्याण्ड्स ४४ रनमै अलआउट भएको छ । पहिलो चरणको अन्तिम खेलमा नेदरल्यान्ड्स श्रीलंकासँग ४४ रनमा अल आउट भएको हो ।

शारजाह क्रिकेट स्टेडियममा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १० ओभरमा ४४ रनमा अल आउट भयो ।

नेदरल्यान्ड्सका कोलिन एक्रमनले ११ रन बनाउँनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कोलिन एक्रमनले ९ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ११ रन बनाए ।

उसका ४ खेलाडीले खाता नै खोल्न सकेनन् । स्कट एडवाड्र्सले ८, म्याक्स ओडाउड २, बेन कुपर ९ र पिटार सिलार २ रनमा आउट भए ।

श्रीलंका स्पिनर वानिन्दु हसरंगा र लाहिरु कुमाराले ३ तथा महेश थेक्सनाले २ विकेट लिए ।

जवाफमा श्रीलंकाले ७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका कुशल परेराले २४ बलमा ६ चौकासहित ३३ रनको नटआउट पारी खेले ।

यस्तै चारिथा असलंकाले ६ तथा अभिसा फर्नान्डोले २ विकेट लिए । नेदरल्याण्ड्सका ब्रिन्डेन ग्लोबर र पाउन भान मिकेरनले १-१ विकेट लिए ।

जितसँगै श्रीलंका समूह एको विजेता बन्दै सुपर १२ मा प्रवेश गर्यो । उसले ३ खेल मै जित निकाले दोस्रो चरणमा स्थान पक्का गरेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest