विश्वकपको सुपर-१२ मा पुग्दै नामिबियाले रच्यो इतिहास

पहिलोपल्ट टी-२० विश्वकपको सुपर-१२ मा स्थान बनाउँदै नामिबियाले इतिहास रचेको छ । पहिलोपल्ट नै विश्वकप खेलेको नामिबियाले शुक्रबार राति टेस्ट टोली आयरल्यान्डमाथि ८ विकेटको जित निकाल्दै सुपर १२ मा स्थान पक्का गरेको हो ।

जितको लागि १ सय २६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । कप्तान गेरहार्ड इरास्मस ४९ बलमा ३ चौका र १ छक्का सहित ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपछि उसको जित पक्का भएको हो ।

यस्तै डेविड विसे १४ बलमा १ चौका र २ छक्का सहित २८ तथा क्रेग विलियम्स १६ बलमा ३ चौका सहित १५ रन जोडे । आयरल्यान्डका कर्टिस क्याम्फरले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रनमात्रै बनाउँन सकेको थियो । उसका पाउल स्टर्लिङले २४ बलमा ५ चौका र १ छक्का सहित ३८ रन बनाए ।

यस्तै केभिन ओ ब्रायनले २५, एन्डी बालबर्नीले २१ बाहेक अन्यको गतिलो प्रदर्शन रहेन । नामिबिया जन फ्रिलिंकले ४ ओभरमा २१ रन खर्चेर ३ तथा डेविड विसेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

अब नामिबियाले सुपर १२ को समूह बी समूहमा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणको समूह बी को विजेता स्कटल्यान्डसँग प्रतिस्पर्धा भिड्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest