आजदेखि विश्वकपमा सुपर १२ का खेलहरु, पहिलो दिन नै हाइभोल्टज दुई खेल

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ का खेल सुरु हुँदैछन् ।

पहिलो दिन नै हाइभोल्टेज दुई खेलमा उपाधि दाबेदार टोलीहरु भिड्दैछन् ।

समूह ए अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे यूएईको आबुधाबीमा सुरु हुनेछ ।

यस्तै समूह एकमै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इङ्ग्ल्यान्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

वेष्ट इण्डिज साविक विजेता हो भने इंग्ल्याण्डलाई यसपल्ट उपाधि दाबेदारका रुपमा हेरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest