विश्वकप: दक्षिण अफ्रिकाबाट अष्ट्रेलियाले पायो सामान्य लक्ष्य

टी-२० विश्वकप अन्तर्गत जारी खेलमा दक्षिण अफ्रिकाबाट अष्ट्रेलियाले ११९ रनको सामान्य लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन जोडेको थियो ।

उसका एडिन मार्करेमले सर्वाधिक ४० रन जोडे । ३६ बलमा उनले ३ चौका र एक छक्का प्रहार गरे ।

यस्तै कासिगो राबाडाले १९, डेबिड मिलरले १६, हेनरिक क्लासेनले १३ रन जोडे ।

अष्ट्रेलियाका मिचेल स्टार्क, जोस हजलवुड र आदम जम्पाले २-२ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest