विश्वकप: अष्ट्रेलियाको विजयी सुरुवात

टी-२० विश्वकपमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

सुपर १२ अन्तर्गत पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको ११९ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी रहँदै ५ विकेट गुमाएर भेट्टायो ।

अष्ट्रेलियाका स्टिभ स्मिथले ३४ बलमा ३ चौकासहित ३५ रन जोडे । यस्तै ग्रेन म्याक्सवेलले १८, मार्कुस स्टोनिसले २४, म्याथ्यु वाइडले १५, डेविड वार्नरले १४ र मिचेल मार्सले ११ रन थपे ।

दक्षिण अफ्रिकाका अनरिच नोर्टिजेले २ तथा कासिगो राबाडा, केसब महाराज र टाबिज साम्सीले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन जोडेको थियो ।

उसका एडिन मार्करेमले सर्वाधिक ४० रन जोडे । ३६ बलमा उनले ३ चौका र एक छक्का प्रहार गरे ।

यस्तै कासिगो राबाडाले १९, डेबिड मिलरले १६, हेनरिक क्लासेनले १३ रन जोडे ।

अष्ट्रेलियाका मिचेल स्टार्क, जोस हजलवुड र आदम जम्पाले २-२ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest