टी-२० विश्वकप: इंग्ल्याण्डविरुद्ध वेष्ट इण्डिजको लज्जास्पद प्रदर्शन

टी-२० विश्वकप अन्तर्गत शनिबार राति जारी खेलमा वेष्टइण्डिजले इंग्ल्याण्डसँग लज्जास्पद प्रदर्शन गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टइण्डिज १४.२ ओभरमा सबै विकेट गुमाएर ५५ रनमै समेटियो ।

वेष्टइन्डिजका क्रिस गेलबाहेक कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

गेलले १३ बलमा ३ चौकासहित १३ रन जोडे । त्यसबाहेक सिमरन ह्याटमेरले ९, कैरोन पोलार्ड र इभिन लेविसले ६-६ बाहेक अन्यको सम्झन लायक प्रदर्शन रहेन ।

इंग्ल्याण्डका आदिल रासिदले सानदार बलिङ गरे । २.२ ओभरमा उनले २ रनमात्रै खर्चेर ४ विकेट लिए ।

यस्तै मोइन अलि र ट्यामल मिल्सले २-२ तथा क्रिस जोर्डन र क्रिस वाक्सले १-१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest