वेष्टइण्डिजमाथि इंग्ल्यान्डको सहज जित

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजमाथि इंग्ल्याण्डले ६ विकेटको सहज जित निकालेको छ ।

वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै २४ तथा कप्तान इयान मोर्गन ७ रन जोडे । त्यसबाहेक जासन रोयले ११, जोनी बेयर्सटोले ९ रन थपे ।

वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टइण्डिज १४.२ ओभरमा सबै विकेट गुमाएर ५५ रनमै समेटिएको थियो ।

वेष्टइन्डिजका क्रिस गेलबाहेक कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

गेलले १३ बलमा ३ चौकासहित १३ रन जोडे । त्यसबाहेक सिमरन ह्याटमेरले ९, कैरोन पोलार्ड र इभिन लेविसले ६-६ बाहेक अन्यको सम्झन लायक प्रदर्शन रहेन ।

इंग्ल्याण्डका आदिल रासिदले सानदार बलिङ गरे । २.२ ओभरमा उनले २ रनमात्रै खर्चेर ४ विकेट लिए ।

यस्तै मोइन अलि र ट्यामल मिल्सले २-२ तथा क्रिस जोर्डन र क्रिस वाक्सले १-१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest