टी-२० विश्वकप: भारत-पाकिस्तानबीचको बहुप्रतिक्षित खेल आज

आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबार भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल हुँदैछ ।

समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ । एकअर्कासँग मैत्रीपूर्ण खेल नखेल्ने यी दुई देशबीच विश्वकपमा निकैपछि भेट हुन लागेको हो ।

सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेका हुन् । टी-२० मा भने ५ वर्षपछि अर्थात २०१६ पछि बल्ल यी दुई देशबीच खेल हुन लागेको हो ।

२०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । २०१९ को एकदिवसीय विश्वकपमा समेत भारतले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

भारत र पाकिस्तानअघि विश्वकपमा आज दिउँसो श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

दुबै टोली पहिलो जितसहित प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest