के गर्दैछन् भारतलाई २००७ को टी–२० विश्वकप जिताउँने यी खेलाडी?

भारतले २००७ मा महेन्द्रसिंह धोनीको कप्तानीमा एकमात्रै टी–२० विश्वकप जितेको थियो । त्यसबेला भारतलाई विश्वकप दिलाउने खेलाडीहरु अहिले क्रिकेटबाट धेरै टाढा गई सकेका छन् ।

जोगिन्दर शर्मा
जोगिन्दर शर्माको नाम २००७ को टी–२० विश्वकपको फाइनल पछि अमर भएको थियो । भारतलाई अन्तिम ओभरमा पाकिस्तानविरुद्ध १३ रन बचाउँनुथियो । अन्तिम ओभर लिएर आएका जोगिन्दरले दोस्रो बलमा छक्का खाएपनि तेस्रो बलमा मिस्बाह उल हकलाई श्रीसंन्तको हातबाट क्याच दिलाउँदै पाकिस्तानी टोलीलाई अलआउट गराउँनुका साथै भारतलाई विश्वकपको उपाधि दिलाएका थिए । अहिले उनी हरियाणा पुलिसमा डीसपी पदमा कार्यरत छन् ।

Even 10 Years Later, Joginder Sharma Cannot Forget That Thrilling Last Over  He Bowled In The World T20 Final Vs Pakistan

गौतम गम्भीर
२००७ को टी–२० विश्वकपको फाइनलमा ७५ रनको सानदार पारी खेल्ने गौतम गम्भीरले अहिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्नयास लिइसकेका छन् । अहिले उनी पूर्वी दिल्लीबाट भारतीय जनता पार्टीको सासंद छन् । उनी राजनीतिमा पनि उत्तिकै सक्रिय छन् ।

True champion and a fighter': Farewell messages pour in on Twitter for Gautam  Gambhir

महेन्द्रसिंह धोनी
धोनीले २००७ देखि २०१६ सम्म पाँच विश्वकपमा भारतको कप्तानी गरे । उनको कप्तानीमा यही २००७ को टी–२० विश्वकप भारतले जित्यो । अघिल्लो वर्ष धोनीले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्नयास लिए । अहिले उनी भारतीय टोलीसँग मेन्टरका रुपमा आवद्ध छन् ।

Player who win T20 WC 2007 for India

युवराज सिंह
युवराज सिंहले उक्त विश्वकपमा इंग्लयाण्डका स्टुअर्ट ब्रडविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए । यही प्रतियोगितामा उनले सबैभन्दा छिटो अर्धशतक बनाउँने कीर्तिमान पनि कायम गरेका थिए । युवराज सिंहले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्नयास लिइसकेका छन् ।

Player who win T20 WC 2007 for India

इरफान पठान
उक्त विश्वकपको फाइनलमा ४ ओभरमा १६ रनमात्रै दिएर पठानले ३ विकेट लिएका थिए । सोही कारण उनी म्यान अफ द म्याच समेत बने । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्नयास लिइसकेका उनी अचेल कमेन्ट्रीमा व्यस्त छन् ।

Player who win T20 WC 2007 for India

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest