बंगलादेशमाथि श्रीलंकाको जित, असलंकाको तुफानी पारी

च्यारिथ असलंकाले तुफारी पारी खेलेपछि टी-२० विश्वकप अन्तर्गत सुपर-१२ को खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा असलंकाले ४९ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ८० को पारी खेलेपछि बंगलादेशले दिएको १७२ रनको लक्ष्य श्रीलंकाले ७ बल बाँकी रहँदै ५ विकेट गुमाएर भेट्टायो ।

एक समय ७९-४ को स्थितिमा रहेको श्रीलंकालाई असलंकाले तुफारी पारी खेल्दै जिततर्फ अग्रसर गराएका थिए । उनलाई ३१ बलमा ३ चौका र ३ छक्कासहित ५३ रनको पारी खेल्दै भानुका राजापाक्षले साथ दिए ।

ओपनर कुशल परेरालाई १ रनमै गुमाएको श्रीलंकाका लागि पाथम निसंकाले २४ रन जोड्दै पारी अघि बढाएका थिए । मध्यक्रममा अभिसा फर्नान्ड शुन्य र वानिन्डु डी सिल्भा ६ रनमै आउट भएपछि लडखडाएको श्रीलंकन पारीलाई असलंका र राजापक्षले सम्हालेका थिए ।

बंगलादेशका नासुम अहमद र साकिब अल हसनले समान २-२ विकेट लिए । शाकिले ३ ओभरमा १७ रनमात्रै खर्चे । यस्तै नासिमले २.५ ओभरमा २९ रन खर्चे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशका लागि ओपनर मोहम्मद नाइम र मुसिफिकुर रहमनले अर्धशतकीय इनिङ्स खेले । नाइमको ६२ र रहिमको ५७ रन मद्दतमा बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

नाइमले ५२ बलमा ६ चौका प्रहार गरे । यस्तै रहिमले ५ चौका र २ छक्का प्रहार गरे । त्यसबाहेक लिटन दासले १६, सकिब अल हसनले १०, अफिफ होसिनले ७ र मोहमुल्लाहले १० रन थपे ।

श्रीलंकाका चामिका करुणारत्नेले, बिनुरा फर्नान्डेज र लाहुरु कुमाराले समान १-१ विकेट लिए ।

जितसँगै समूह ए मा श्रीलंका २ अंकसहित दोस्रो स्थानमा छ । बंगलादेश भने पाँचौं स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest